close

हेटौँडामा गठबन्धनले सार्वजनिक गर्‍यो घोषणापत्र

हेटौँडामा गठबन्धनले सार्वजनिक गर्‍यो घोषणापत्र

Trulli
ADVERTISEMENT

काठमाडौं । हेटौँडा उपमहानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन २०७९को घोषणापत्र सार्वजनिक गरेको छ । 

 

गठबन्धनले मंगलबार एक कार्यक्रम आयोजना गर्दै स्थानीय तह २०७९ को २२ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

 

घोषणापत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ । हेटौँडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, औद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्नेलगायत विषय उल्लेख छन् । 

 

त्यसैगरी, वार्षिक तीन सय युनिटसम्मको बिजुली निःशुल्क गर्ने, बाइपास सडकको स्थायी निर्माण गर्ने, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्नेसमेत उल्लेख छ ।