close

ओली–स्वास्थ्यमन्त्री जुहारी : चुनावमा बिरामीले औषधि खानुपर्दैन ?

ओली–स्वास्थ्यमन्त्री जुहारी : चुनावमा बिरामीले औषधि खानुपर्दैन ?

Trulli
ADVERTISEMENT

काठमाडौं ।  संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘चुनावको समयमा बिरामीले औषधि खानुपर्दैन र ? भनी प्रश्न गरेका छन् । 

 

मंगलबार ‘स्वास्थ्यमन्त्री खतिवडाले कमिसनको चक्करमा अर्बौको औषधि खरिद गर्ने तयारी गरेको’ भन्ने ओलीको अभिव्यक्तिको खण्डन गर्दै खतिवडाले यस्तो प्रश्न गरेका हुन् । 

 

मे दिवसका दिन हेटौँडा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमिसनको चक्करमा स्वस्थ्यमन्त्रीले औषधि खरिद गर्न लागेको आरोप लगाएका थिए । 

 

निर्वाचन आचारसंहिता लागू भए पनि नेपाल सरकारले  वार्षिक बजेटमा ल्याएका कार्यक्रम नरोकिने मन्त्री खतिवडाले बताए ।