close

रुकुम-पश्चिममा खुकुरी हानाहान, ६ जना घाइते   

रुकुम-पश्चिममा खुकुरी हानाहान, ६ जना घाइते   

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम। रुकुम–पश्चिममा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र उम्मेदवारका समर्थकबीच खुकुरी हानाहान हुँदा ६ जना घाइते भएका छन् । 

 

माओवादी केन्द्रका तर्फबाट त्रिवेणी गाउँपालिका–१का  वडाध्यक्ष पदका उम्मेदवार लक्ष्मण ओली र सोही वडाका स्वतन्त्र उम्मेद्वार सुन्दर ओलीका समर्थकबीच भएको झडपका क्रममा खुकुरी हानाहान हुँदा उनीहरू घाइते भएका हुन् । 

 

घाइते हुनेहरूमा जलबहादुर पुन, चेतन दाहाल, यमबहादुर पुन, धर्मेन्द्र सुनार, टीकाज मल्ल र बलबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिम प्रहरीले जानकारी दिएको छ ।