close

बागी उम्मेद्वारका कारण  भरतपुरमा फरक पर्दैन : प्रचण्ड

बागी उम्मेद्वारका कारण  भरतपुरमा फरक पर्दैन : प्रचण्ड

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध उठेका बागी उम्मेद्वारले गठबन्धनलाई फरक नपार्ने बताएका छन् । 

 

मंगलबार सञ्चारकर्मीहरूसँग भएको अन्तरक्रियाका क्रममा उनले गठबन्धनले निर्णय गरेर महानगर र उपमहानगरमा उठाइएका उम्मेद्वारको विजयी शतप्रतिशत हुनेमा आफू ढुक्क रहेको बताए । 

 

महानगर र उपमहानगरपालिकामा उम्मेद्वार उठाउने विषयमा गठबन्धनभित्र गम्भीर छलफल, परामर्श र गृहकार्य गरी सर्वसम्मत रूपले उम्मेद्वार उठाएकाले दायाँ–बायाँ नहुनेमा आफू ढुक्क रहेको  उनको भनाइ छ ।

 

‘गठबन्धनको निर्णयमा कुनै तात्त्विक फरक पार्लाजस्तो लाग्दैन । र, देखिँदैन पनि । किनकि यो दीर्घकालीन ढंगले राष्ट्रको, संविधानको, परिवर्तन र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गरिएको निर्णय हो । मलाई लाग्छ, महानगर र उपमहानगरपालिकाको हकमा गठबन्धनले निर्णय गरेर जो उम्मेदवारी दिइएको छ त्यसमा शतप्रतिशत विजयी हुनेछन्,’ उनले भने ।