close

विराटनगरमा आज हुने कांग्रेसको चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

विराटनगरमा आज हुने कांग्रेसको चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने

Trulli
ADVERTISEMENT

विराटनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर  जाँदैछन्।

 

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दैछ ।