close

शुक्रबारसम्म सबै स्थानीय  तहमा मतपत्र पुग्ने

शुक्रबारसम्म सबै स्थानीय  तहमा मतपत्र पुग्ने

Trulli
ADVERTISEMENT

काठमाडौं ।  निर्वाचन आयोगले शुक्रबारसम्ममा मत्रपत्र ढुवानीको काम सकिने जनाएको छ ।

 

आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका अनुसार प्रदेशको १ को मोरङ, मधेश प्रदेशका केही जिल्ला र बाग्मती प्रदेशको चितवनमा मतपत्र ढुवानी गर्न बाँकी छ । 

 

हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । स्थानीय तह निर्वाचन हुन भने अबको ९ दिनमा हुनेछ । आयोगले निर्वाचन सम्पन्न गर्न अन्य आवश्यक काम यसअघि गरिसकेको छ । 

 

निर्वाचनमा कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ जना छन् । त्यसमध्ये महिला ८७ लाख ४१ हजार ५३० जना, पुरुष ८९ लाख ९२ हजार १० जना र अन्य १८३ जना छन् ।