close

बागी फकाउन भरतपुर पुग्दै देउवा

बागी फकाउन भरतपुर पुग्दै देउवा

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आजै भरतपुर महानगरपालिका जाने भएका छन् । 

 

भरतपुरमा भोलि हुने पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधनका लागि शेरबहादुर देउवा भरतपुर जाने कार्यक्रम तय भए पनि उनी त्यसको अघिल्लो दिनै भरतपुर महानगरपालिका जान लागेका हुन् । 

 

उनी आजै चार बजे भरतपुर पुग्ने कार्यक्रम तय भएको छ । 

 

भरतपुरमा गठबन्धनका उम्मेद्वार जगन्नाथ पौडेललाई फकाउनका लागि उनी निर्धारित समयभन्दा एक दिनअघि उनी भरतपुर जान लागेको बुझिएको छ । 

 

नेपाली कांग्रेससहित पाँच दलीय गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा साझा उम्मेद्वार उठाएका छन् । जसमध्ये भरतपुर महानगर माओवादी केन्द्रको भागमा परेको छ ।

 

तर, नेपाली कांग्रेसबाट जगन्नाथ पौडेलले पाँच दलीय गठबन्धनविरुद्ध बागी उम्मेद्वार उठेका छन् । 

 

यसअघि पौडेलको उम्मेद्वारी फिर्ताका लागि शेरबहादुर देउवालगायत शीर्ष नेताले पौडेललाई फोन गरी उम्मेद्वारी फिर्ता लिन आग्रह गरेका थिए ।

 

भरतपुर महानगरमा हुने कार्यक्रमलाई सम्बोधनका लागि नेपाली कांग्रेसका सभापतिसहित रामचन्द्र पौडेल, गगन थापा पनि भरतपुर जाने कार्यक्रम तय भएको छ ।