close

पोखरामा आचारसंहिताविपरीत प्रयोग भएका सामग्री बरामद 

पोखरामा आचारसंहिताविपरीत प्रयोग भएका सामग्री बरामद 

Trulli
ADVERTISEMENT

पोखरा । मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालय कास्कीले पोखरा महानगरका विभिन्न वडामा निर्वाचन आचारसंहिताविपरीत प्रयोग भएका सामग्री बरामद गरेको छ । 

 

विभिन्न वडामा अनुगमन गर्दा राजनीतिक दलले आचारसंहिताविपरीत प्रयोग गरिएका १५ थान सामग्री बरामद गरिएको  मुख्य निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ । 

 

समितिले मङ्गलबार साँझ ५ बजे पोखराका विभिन्न वडामा अनुगमन गरेको थियो ।  

 

जिल्ला आचारसंहिता अनुगमन समितिका सदस्यसचिव हुमनाथ पराजुलीको नेतृत्वमा पोखराका १, २, ३, ६, ७, ८, ९ र १० वडामा अनुगमन गरेको थियो । 

 

सोक्रममा आचारसंहिताविपरीत प्रयोग भएका सामग्री बरामद  गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसंहिता अनुगमन अधिकृत नीलप्रसाद पनेरुले जानकारी दिए । 

 

निर्वाचन आचारसंहितालाई पूर्ण कार्यान्वयन गर्न आमसभा र कोणसभा गर्न अनुमति प्राप्त स्थानमा बाहेक सवारीसाधन वा अन्य कुनै स्थानमा राजनीतिक दल, स्वतन्त्र उम्मेद्वार वा व्यक्तिले माइक प्रयोग गर्न नपाइने उनले बताए ।