close

तत्काल महाधिवेशन नगर्न भातृ तथा शुभेच्छुक संघसंस्थालाई सभापति देउवाको निर्देशन

तत्काल महाधिवेशन नगर्न भातृ तथा शुभेच्छुक संघसंस्थालाई सभापति देउवाको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तह निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन स्थगित गर्न नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

 

स्थानीय निर्वाचनका दौरान पार्टीका सबै संयन्त्र परिचालन हुनुपर्ने भन्दै भ्रातृ एवं शुभेच्छुक संस्थाको पूर्वनिर्धारित महाधिवेशन स्थगित गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

 

जसका कारण नेपाली कांग्रेसका विभिन्न संघसंस्था प्रभावित हुने भएका छन् ।