close

चित्त नबुझे पनि गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न देउवाको निर्देशन

चित्त नबुझे पनि गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न देउवाको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनबारे चित्त बुझे पनि नबुझे पनि गठबन्धनलाई मतदान गर्न निर्देशन दिएका छन् । 

 

गठबन्धनलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढिरहेका बेला बुधबार चुनावी सभालाई संबोधन गर्न विराटनगर पुगेका देउवाले कांग्रेसका नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।

 

गठबन्धनका कारण देशभर नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले नै देउवाको आलोचना गरेका छन् । 

 

त्यसमा पनि गठबन्धनलाई लिएर सबैभन्दा बढी चितवनको भरतपुर महानगरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता असन्तुष्ट  छन् ।