close

समृद्ध बुटवल बनाउने पाँच दलीय गठबन्धनको प्रतिबद्धता

समृद्ध बुटवल बनाउने पाँच दलीय गठबन्धनको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

रूपन्देही । पाँचदलीय गठबन्धनले बुटवलको विकासका लागि पाँच दल एकै ठाउँ हुने प्रतिबद्धता गरेको गरेको छ । 

 

बुधबार स्थानीय तह २०७९काे चुनावी संकल्पपत्र सार्वजनिक गर्दै पाँच दलीय गठबन्धनले यस्तो प्रतिबद्धता गरेको हो । 

 

बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेद्वार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरू जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्पपत्र सार्वजनिक गरेका थिए । 

 

बुटवल विकासका लागि ठूला–ठूला चर्चा गरे पनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएको उनीहरूले बताए ।  संकल्पपत्र सार्वजनिक गर्दै गठबन्धनले बुटवललाई समृद्ध पाँच दल एकै ठाउँमा उभिएको बताएका थिए ।