close

भरतपुर जित्नेप्रति प्रचण्ड ढुक्क

भरतपुर जित्नेप्रति प्रचण्ड ढुक्क

Trulli
ADVERTISEMENT

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा चुनाव जित्न पाँच दलीय गठबन्धनलाई कुनै समस्या नभएको दाबी गरेका छन् ।

 

चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभामा भाग लिन आएका दाहालले सभाअघि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले बहुमत स्थानमा जित हासिल गर्ने दाबी समेत गरेका छन् । दाहालले भरतपुर लगायत देशका विभिन्न स्थानमा गठबन्धनले चुनाव जित्ने धेरै आधार रहेका समेत बताए ।

 

साथै उनले नेपाली काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इशारा गर्दै उम्मेदवारी दिन जो–कोहीलाई पनि स्वतन्त्रता रहेको बताउँदै फैसला भने जनताको हातमा रहेको बताए ।

 

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेदवार छिन् । भरतपुरमा हुने सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधवार नै चितवन आइसकेका छन् । प्रधानमन्त्रीसहित नेता पौडेलले फकाउँदा समेत जगन्नाथ पौडेल अडानबाट हटेका छैनन् ।

 

 

सभामा भाग लिन एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि भरतपुर आएका छन् । तर, काँग्रेस महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले अन्तिम अवस्थामा सभा बहिष्कार गरेका छन् ।