close

भरतपुरका स्वतन्त्र उम्मेदवार जगन्नाथ र रामचन्द्र पौडेलबीच भेट

भरतपुरका स्वतन्त्र उम्मेदवार जगन्नाथ र रामचन्द्र पौडेलबीच भेट

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई भेटेका छन् । 

 

भरतपुर महानगरमा गठबन्धनबाट मेयरको उम्मेदवारी माओवादीले पाएपछि जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
 

 

जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता थिए।
कांग्रेसले आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिनेलाई पार्टीबाट हटाउने निर्णय गरिसकेको छ।

 

आजको भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निस्क्रिय बनाउन आग्रह गरेका थिए । तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएका थिए ।