close

केपी ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्ने

केपी ओलीले आज सुदूरपश्चिमका तीन चुनावी सभालाई सम्बोधन गर्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम जाँदैछन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत चुनावी सभालाई सम्बोधन गर्न ओली सुदूरपश्चिम प्रदेश जान लागेका हुन् ।

 

बिहीबार कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हाे। कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमासभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लबराज भट्टले जानकारी दिए ।

 

उनका अनुसार ओली हेलिकप्टरमार्फत सुरुमा बर्दगोरियाको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

 

त्यसपछि उनी धनगढीको कार्यक्रमलाई सम्बोधन गर्न जाने तालिका छ। ओलीले विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ।