काठमाडौं । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच कुटाकुट भएको छ ।
प्रहरीका अनुसार कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झन्डा फालेपछि भएको विवाद झडपमा रूपान्तरण भएको हो ।
झडपका क्रममा कांग्रेस गाउँपालिका अध्यक्ष चढेको रा.१च १२६२ नम्बरको जिप तोडफोड भएको छ । बुधबार पनि दुई पक्षबीच सामान्य विवाद भएको थियो ।