close

देशमा दुइटा गठबन्धन छ : नेता नेपाल

देशमा दुइटा गठबन्धन छ : नेता नेपाल

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा अहिले दुइटा गठबन्धन रहेको हुँदा मतदाताले एउटालाई रोज्नुपर्ने बताएका छन्।

 

नेपालमा वाम-लोकतान्त्रिक र प्रतिगमन गठबन्धन रहेकोले एक रोज्नुपर्ने बेला आएको उनको जिकिर छ। सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौँमा गरेको चुनावी सभामा बोल्दै उनले आफूहरू वाम-लोकतान्त्रिक गठबन्धनमा रहेको बताए।

 

‘अहिले दुइटा गठबन्धन छ, कुन रोज्ने? वाम-लोकतान्त्रिक आजसम्म प्राप्त उपलब्धि रक्षा गर्ने, संविधान जोगाउने हामी हौँ,’ उनले भने, ‘केपी ओलीले नेतृत्व गरेको प्रतिगामी गठबन्धन छ। त्यो दक्षिणपन्थी गठबन्धन हो। संविधानको मर्म र भावना विपरीत बोल्ने गठबन्धन।’

उनले वाम-लोकतान्त्रिक गठबन्धनका पक्षमा देशव्यापी जनमत तयार पार्ने र उम्मेदवारलाई चुनावमा जिताउनुपर्ने बताए।

 

 

‘हामी भ्रष्टाचार गर्दैनौँ,’ उनले भने, ‘देश र जनता तथा समाजका लागि काम गर्छौँ।’