close

नेतृत्वमा पुरुषहरूले केही लछारपाटो लगाउन सकेनौँ : प्रचण्ड

ओलीले विश्वासघात गरे

नेतृत्वमा पुरुषहरूले केही लछारपाटो लगाउन सकेनौँ : प्रचण्ड

ओलीले विश्वासघात गरे

Trulli
ADVERTISEMENT

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा महिलाहरूको नेतृत्व सफल रहेको बताएका छन् । साथै उनले पुरुषले नेतृत्व गरेका क्षेत्रमा खासै काम नभएको पनि स्वीकार समेत गरेका छन्।

 

आज काठमाडौँमा सत्ता गठबन्धनले गरेको चुनावी सभामा बोल्दै प्रचण्डले महिलालाई कसैका छोरी र कसैका श्रीमती भनेर उनीहरूमा रहेको नेतृत्व क्षमतालाई अपमान गर्ने काम भएको पनि बताए । कार्यक्रममा उनले भने, ‘पुरुषहरूले धेरै राज गर्‍यौँ तर लछारपाटो लगाउन सकेनौँ।’

 

सत्ता गठबन्धनबाट काठमाडौँ महानगरमा काँग्रेस नेता सिर्जना सिंह मेयर उम्मेदवार छिन्। उनले काठमाडौँ बासीसँग यस पटक महिलाको नेतृत्व हेर्न पनि आग्रह समेत गरेका छन्।

 

उनले सहमतिमै ६ महानगरपालिकामा उम्मेदवार चयन गरिएको बताए।

 

उनले काँग्रेस र कम्युनिस्टबिच पानी बाराबारको अवस्था आउन नहुने पनि बताए। ३० वर्ष काँग्रेस-कम्युनिस्ट पानी बाराबार गर्दा जनताले केही पनि नपाएको उनको दाबी थियो।

 

‘गठबन्धन धेरै परसम्म जान्छ,’ उनले भने, ‘काठमाडौँ महानगर नयाँ बनाउन सकिन्छ।’

 

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिकाप्रति आलोचना समेत गरेका छन्। ‘नायक भनेको त खलनायक पो हुनुभयो,’ उनले भने, ‘बढो नमिठो संघर्ष गरियो। पार्टी एकतापछिकै दुई सातामा ओलीले विश्वासघात गर्न थाल्नुभयो।’