काठमाडौं । नेपाली कांग्रेसका नेता वीमलेन्द्र निधिले मधेस प्रदेशमा सत्तारुढ दल गठबन्धनले आयोजना गरेको चुनावी सभालाई बहिष्कार गरेका छन् ।
गठबन्धनको सभामा केन्द्रीय वक्तामा आफूलाई नराखेको भन्दै उनले आफूले मधेस प्रदेशमा हुने चुनावी आमसभा बहिष्कार गरेको बताएका छन् ।
उनी गृहजिल्ला धनुषाको कार्यक्रम छाडेर धरानको चुनावी सभामा सहभागी हुने भएका छन् ।
धनुषाामा हुने कर्यक्रममा पार्टीको केन्द्रीय वक्ताको रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र महेन्द्र यादवको नाम छ ।