काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक अघि बढाउने बताएका छन् ।
धनुषाको ढल्केबरमा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा नागरिकतासम्बन्धी विधेयक संसद्मा विचाराधीन रहेको, र संसद् सुरु हुनेबित्तिकै नागरिकता विधेयक अघि बढाउने बताए ।
साथै, उनले नागरिकता विधेयक अघि बढाउन नेकपा एमालेले नदिएको आरोपसमेत लगाए ।