close

धारिलो हतियार प्रहारबाट चितवन युवासंघका नेता गम्भीर घाइते

धारिलो हतियार प्रहारबाट चितवन युवासंघका नेता गम्भीर घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । चितवनको खैरहनीमा युवा संघका नेता कुमार थापामाथि धारिलो हतियार प्रहार भएको छ ।

 

इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी कार्यालयका अनुसार अज्ञात व्यक्तिले उनीमाथि हतियार प्रहार गरेको हो । 
 

हतियार प्रहारबाट उनी गम्भीर घाइते भएको प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक अनोज विश्वकर्माले बताए ।

 

हतियार प्रहारबाट थापाको टाउको, हातखुट्टामा चोट लागेको छ ।

 

एक वर्षअघि नेपाली कांग्रेसबाट नेकपा एमालेमा प्रवेश गरेका उनीमाथि राजनीतिक प्रतिशोधका कारण हितयार प्रहार भएको अनुमान गरिएको छ ।