close

प्रचण्डलाई जुत्ता हान्छु भनी चेतावनी दिने सञ्चारकर्मी पक्राउ

प्रचण्डलाई जुत्ता हान्छु भनी चेतावनी दिने सञ्चारकर्मी पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालालई जुत्ता हान्छु भनी सामाजिक सञ्जालमा लेख्ने दाङ (घोराही) का एक सञ्चारकर्मी पक्राउ परेका छन् । 

 

तुलसीपुर उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय यज्ञबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।

 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब ।’ 

 

आज (आइतबार) गठबन्धनको सभालाई सम्बोधनका लागि दाङ जाने कार्यक्रम भएकाले सुरक्षाका दृष्टिले उनलाई पक्राउ गरेको दाङ प्रहरी कार्यालयले जनाएको छ ।  

दाङमा आज हुने चुनावी सभालाई दिउँसाे दुई बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालले संबोधन गर्नेछन् ।