close

नेपाललाई संसार कै सर्वश्रेष्ठ मुलुक एमालेले मात्रै बनाउन सक्ने ओलीको दाबी

नेपाललाई संसार कै सर्वश्रेष्ठ मुलुक एमालेले मात्रै बनाउन सक्ने ओलीको दाबी

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले नेपाललाई विकास, सुशासन र मानव सुखका दृष्टिले विश्वकै सर्वश्रेष्ठ देश बनाउन चाहेको बताएका छन् । 

 

आइतबार ललितपुरको च्यासलस्थित पाटी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । 

 

राष्ट्रिय संकल्प कार्यान्वयनका लागि चाहिने दल नेकपा एमाले मात्रै भएको उनले बताए । 

 

गठबन्धन बनाउनका जनमत आवश्यक नरहेकाे  बताउँदै उनले देश विकासका लागि जनमत आवश्यक रहने पनि उनले बताए । 

 

संबोधनका क्रममा उनले नेकपा एमालेले नयाँ मतदाताका प्रतिस्पर्धी र क्षमता विकासका लागि कार्ययोजना अघि बढाएको समेत उनले बताए । 

 

यस्तै, उनले नेपाली कांग्रेसले विकास र सुशासनमा बाधा गरेको पनि बताए ।