close

उपमेयरका उम्मेदवार कुर्मीको निधन

उपमेयरका उम्मेदवार कुर्मीको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ।

उनको गएराति हृदयघातका कारण निधन भएको हो। बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो।

कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ।

कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित भएकी थिइन्।