close

विज्ञप्ति निकाल्दै देउवाले भने : खोक्रो नारा दिँदैनौँ

विज्ञप्ति निकाल्दै देउवाले भने : खोक्रो नारा दिँदैनौँ

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरूले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता गर्दै नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरेका छन् । 

 

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले नेपाली कांग्रेसले जे भन्छ त्यो गर्ने बताउँदै उनले विज्ञप्तिमार्फत् आफूहरूले खोक्रो नारा दिन नसक्ने बताएका छन् । 

‘अरू कुरा गर्छन्, हामी काम गछौँ । सबल स्थानीय सरकार: सम्मुनत गाउँ नगर हाम्रो मूल मन्त्र हो,’ देउवाले भने । 

 

विज्ञप्तिमार्फत् उनले संविधान कार्यान्वयनमा एउटा इँटा थप्न पनि उनले आग्रह गरेका छन् ।  लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि उपयुक्त पात्रलाई राजनीतिको बागडोर जिम्मा लगाउने अधिकार मतदाताको हातमा आएको उनले उल्लेख गरेका छन् ।