close

देवदहमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

देवदहमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

Trulli
ADVERTISEMENT

विभिन्न नारासहित देवदह नगरपालिकामा गठबन्धन र नेकपा एमाले आफ्ना उम्मेद्वारलाई अघि सारेका छन् । जसका कारण यस पालिकामा चुनावी महोल तातेको छ । 

 

दुवै पक्षले नगरपालिकाको विकासका लागि आ–आफ्ना एजेन्डा अघि सारेका छन् ।  

 

गठबन्धनबाट उम्मेद्वार बनेका हिराबहादुर खत्री निवर्तमान देवदह नगरपालिका मेयर हुन् । गठबन्धनका उम्मेद्वार खत्रीले देवदह नगरपालिकालाई स्वास्थ्य शिक्षा खानेपानी मुख्य समस्याको रूपमा रहेको सुकुम्बासी समस्यालगायत कार्यलाई तीव्रता दिँदै  आफूले सुरु गरेका  कामलाई पूर्णता दिने गरी अहिले पुनः नेपाली कांग्रेस माओवादीलगायत दलबाट बनेको गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार बनेको बताए ।

 

यस्तै, देवदह नगरपालिकाबाट एमालेको तर्फबाट मेयरको उम्मेद्वार बनेका ध्रुवप्रसाद खरेलले देवदहवासी जनताको जीवनस्तरलाई उच्च बनाउन, रोजगार, आय आर्जन र उत्पादनसँग नागरिकलाई प्रत्यक्ष रूपमा जोडेर समृद्ध देवदह निर्माण गर्ने  बताएका छन् । 

 

प्रस्तुत छ देवदहको गठबन्धनका उम्मेद्वार हिराबहादुर खत्रीसँग पालिकाका चन्द्रकान्त खनालसँग गरिएको कुराकानी    

 

जितको आधार के हो ? 

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएको पहिलो निर्वाचनमा म निर्वाचित भए । र, यो पाँच वर्षको अवधिमा स्थानीय सरकार सञ्चालन ऐनका लागि आवश्यक पर्ने ऐन, नीति नियम, कार्यविधि नियमावली सबै निर्माण गरिसकेका छौँ । र, यो पाँच वर्षको अवधिमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा महत्त्वपूर्ण कामका थालनी गरेका छौँ । देवदह नगरको प्रोफाइल, आवधिक योजना, पर्यटन गुरुयोजना, सडकको गुरुयोजनालगायत महत्त्वपूर्ण कामको थालनी गरेका छौँ । 

 

अव्यवस्थित बसोबास र भूमिहीन र दलितको सन्दर्भमा महत्त्वपूर्ण काम अगाडि बढको छ । यिनै कामलाई एउटा निश्चित बिन्दुमा पुर्‍याउने र लक्ष्य प्राप्त गर्ने कारण नै हाम्रा आधार हो ।

यो पाँच वर्षको अवधिमा आर्थिक रुपान्तरणमा जुन योगदान हामीले गरेका छौँ यो नै हाम्रो जितको प्रमुख आधार हो । 

 

तपाई‌लाई भोट किन दिने ?

 

हामीले अगाडि बढाएका काम जुन अधुरा छन् । ती अधुरा पूरा गर्नका लागि र अरू थप योजनाका लागि जसले नगरको स्वरूप नै परिवर्तन गर्न सकोस् । साथ त्यही काम गर्न मेरो पुन उमेद्वार छ ।

 

प्रमुख प्राथमिकताका क्षेत्र के–के हुन् ? 

 

मेरा प्रमुख प्राथमिकताका क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन पूर्वाधार हो । हामीले नारा नै बनाएका छौँ पर्यटन, कृषि र पूर्वाधार समृद्ध देवदहको मूल आधार छन् । 

 

जितपछिको योजना के छ ?

 

हामीले तयार पारेको केही प्रतिबद्धतापत्र छन् । तीमध्ये मुख्य–मुख्य बुँदाहरू समेटेको छु, ‘आधारभूत स्वास्थ्य सेवा निःशुक प्रत्येक वडामा २४ घन्टे स्वास्थ्य सेवा र ल्याबको सुविधा दिने,आधारभूत शिक्षा अनिवार्य गरिने जसमा माध्यमिकसम्मको निःशुल्क शिक्षा गरिने, देवदहलाई स्मार्ट सिटीको रूपमा विकास गर्न, कृषि उपज संकलन केन्द्र सञ्चालन र शीत भण्डारको निर्माण गर्न, ज्येष्ठ नागरिकलाई निः शुल्क घरदैलो स्वास्थ्य परीक्षणको व्यवस्था, एक वडा एक खेल मैदान निर्माण गर्न, डिजिटल प्रणालीमार्फत सेवाग्राहीले घरमै बसी दर्ता तथा सिफारिस लिनसक्ने व्यवस्था गर्न, इन्धन खपतलाई न्यूनीकरण गर्न इन्डक्सन चुलोको खरिदमा ६० प्रतिशत अनुदान प्राप्त गर्न, बजार सरसफाई व्यवस्थापन उचित प्याकिङ र सडकबत्तीको व्यवस्था गर्न, धुलो र हिलोरहित गुणस्तरीय सडक निर्माणजस्ता मेरो एजेन्डा हुन् । 

 

यीलगायत अन्य कुरा पनि छन् ।  जुन हाम्रो २७ बुँदे प्रतिबद्धतापत्रमा उल्लेख छन् । 

 

तपाईंको जितको आधार के हो ?

 

देवदहबासीको माया, भरोसा, सद्भाव र मैले यो समाजप्रति गरेको मुख्य कार्यहरूको मूल्यांकन नै मेरो जितको आधार हो । 

 

तपाईंलाई भोट किन दिने ?

 

म देवदहबासीको एउटा छोरा, अभिभावक र समाजसेवी भएका कारण देवदहको विकास र निर्माणका लागि निरन्तर र कटिबद्ध रूपमा लागिरहेकाले मलाई भोट दिन आवश्यक छ भन्ने ठान्दछु । 

 

प्रमुख प्राथमिकताका क्षेत्र के–के हुन् ? 

 

शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकास, सडक पूर्वाधार, सुकुम्बासी समस्या समाधान, घरबास नभएकालाई बासको व्यवस्थापन, शिक्षाको क्षेत्रबाट ओझेलमा परेकाहरूलाई शिक्षाको उज्यालो प्रकाशमा पार्ने मेरो प्रमुख प्राथामिकता हुन् ।