काठमाडौं । चितवनको भरतपुर महागनरपालिकामा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेद्वार उठेका जगन्नाथ पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित पार्न झोलामा पाँच हजार, दश हजार र साडी बाँडेको सूचना आफूले पाएको बताएका छन् ।
मंगलबार भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै मेयर पदका स्वतन्त्र उम्मेदवार पौडेलले यस्तो बताएका हुन् ।
चुनाव प्रभावित गर्न अनेकखालका प्रयास थालिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।
आफूले कांग्रेस जोगाउन विद्रोह गरेको बताउँदै कांग्रेसका धेरै नेता तथा कार्यकर्ता आफूलाई भेट्न आउने गरेको बताए ।