close

निर्वाचन आयोगले दुई दिन मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्दै 

निर्वाचन आयोगले दुई दिन मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्दै 

Trulli
ADVERTISEMENT

काठमाडौं । निर्वाचन आयोगले दुई दिन मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

 

मतदान कसरी गर्ने भनी नयाँ मतदातालाई लक्षित गरी आयोगले मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

 

आयोगको सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र विवरण गर्ने र नमुना मतपत्रमा मत हाल्न सिकाउनेछ ।

 

निर्वाचन आयोगले बुधबार र बिहीबार मतदान शिक्षा कार्यक्रम सञ्चालन गर्न लागेको हो । ३० गते हुने मतदानलाई लक्षित गरी मंगलबार रातिबाट मौन अवधि सुरु भएको छ ।

 

यस्तै, मंगलबार आयोगले एक विज्ञप्ति जारी गरी निर्वाचनका सबै प्रक्रिया पूरा भएको जनाएको छ ।