close

मतदानका क्रममा कतै विवाद त कतै फायरिङ

मतदानका क्रममा कतै विवाद त कतै फायरिङ

Trulli
ADVERTISEMENT

काठमाडौं । रामेछापका दुई मतदान केन्द्रमा फायर भएको छ । रामेछापको सुनापति  र खाँडादेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएको हो । 

 

सुनापति–२ स्थित मतदान केन्द्रमा बाहिरबाट एउटा पक्षले अर्को पक्षलाई कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेपछि झडप सुरु भएको थियो । 

 

यस्तै,खाँडादेवी गाउँपालिका–१मा अहिले विवाद समस्या समाधानको प्रयास भइरहेको बताइएको छ । सिन्धुपाल्चोकको मेलम्ची–४ मा पनि असहज परिस्थिति सिर्जना भएको छ  ।

 

बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा उत्पन्न असहज परिस्थिति नियन्त्रणका लागि प्रहरीले फायरिङ गरेको छ  । बाजुराको बुढीनन्दा नगरपालिकास्थित मतदान केन्द्रमा भएको सामान्य विवाद ढुंगा हानाहानमा परिणत भएको छ । 

 

असक्त तथा अपांगलाई मतदानका लागि आफन्तले भन्दा पनि दलका प्रतिनिधिले लैजान थालेपछि सो मतदान केन्द्रमा असहज परिस्थिति सिर्जना भएको हो । जसका कारण सिर्जित असज परिस्थिति नियन्त्रणका लागि नेपाली सेनाले अग्रसरता लिएको थियो । सो बुथमा नेपाली सेनाले बन्दुक तेर्स्याएका तस्वीर सार्वजनिक भएका छन् । 

 

काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित मतदान केन्द्रमा एक व्यक्तिको नाममा परिवारकै अर्का व्यक्तिले मतदान गरेपछि विवाद सिर्जना भएको छ । 

परिवारका एक व्यक्तिको भोट अर्कैले गरिदिएपछि विवाद भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।