close

चम्पादेवी गाउँपालिकामा विवादका कारण रोकिएको मतदान पुन: सुरु

चम्पादेवी गाउँपालिकामा विवादका कारण रोकिएको मतदान पुन: सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका कारण रोकिएको मतदान कार्य पुनः सुरु भएको छ ।

 

ओखलढुंगा चम्पादेवी गाउँपालिका जीवनज्योति आधरभूत विद्यालयमा कांग्रेस र एमालेका कार्यकर्ताबीच लाइन बस्ने क्रममा भएको सामान्य विवाद झडपमा रूपान्तरण भएपछि मतदान रोकिएको थियो ।

 

झडपलाई नियन्त्रणमा लिन हवाई फायरिङसमेत भएको थियो ।

 

सर्वदलीय बैठक बोलाएर पुन मतदान सुरु गरिएको हो ।