close

मतदानपछि देउवाले गरे ओलीप्रति व्यंग्य, गठबन्धनबाट आक्रमण भएको ओलीको प्रतिक्रिया

मतदानपछि देउवाले गरे ओलीप्रति व्यंग्य, गठबन्धनबाट आक्रमण भएको ओलीको प्रतिक्रिया

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरेका छन् । 

 

गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलाको असिग्राम मावि केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मी भएको संक्षिप्त कुराकानीका क्रममा उनले ओलीलाई व्यंग्य गरेका हुन् । 

 

उनले भने, ‘चुनाव हुँदैछ, गराउँदैन भन्थे , आज मतदान त भइरहेको छ । केपीजीले पनि मतदान गर्नुभयो होली नि !’ देउवाले भने, ‘चुनाव हुँदैन, यो सरकारले गराउँदैन भन्ने  सबैजनाले आज मतदान गरिरहनुभएको छ ।’ 

 

स्थानीय तहको निर्वाचन लक्षित गरी गृहजिल्ला डडेलधुरा पुगेका देउवा आज काठमाडौं फर्किँदैछन् । 

 

यस्तै, केपी शर्मा ओलीले पाँच दलीयको तर्फबाट आफ्नो पार्टीमाथि आक्रमण गर्ने काम भइरहेको बताएका छन् । 

 

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका उनले कतिपय ठाउँमा गठबन्धनको तर्फबाट आक्रमण भइरहेको बताएका हुन् । 

 

यद्यपि उनले बडो उत्साहका साथ मतदान भइरहेको बताए । यो निर्वाचनमा एउटा पार्टीले जित्छ वा जित्दैन भन्ने कुरा गौण भएको बताए ।