काठमाडौं । निर्वाचन आयोगले मध्यान्ह १२ बजेसम्म करिब ३५ प्रतिशत मतदान भएको बताएको छ ।
केही आंशिक घटनाबाहेक ७५३ वटै स्थानीय तहमा उत्साहजनक मतदान भइरहेको पनि निर्वाचन आयोगले जानकारी दिएको छ ।
तर, दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा सामान्य विवाद भएको आयोगको भनाइ छ ।