काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा ४१ प्रतिशत मत खसेको बताएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गरी दुई बजेसम्म ४१ प्रतिशत मतदान सम्पन्न भएको जनाएको हो ।
केही स्थानमा भएका घटनाबाहेक देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले बताएको छ ।