close

मनाङको नार्पाभूमिमा कांग्रेस र चामेमा एमालेका उम्मेदवार विजयी

मनाङको नार्पाभूमिमा कांग्रेस र चामेमा एमालेका उम्मेदवार विजयी

Trulli
ADVERTISEMENT

मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।

 

सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन् । उनले १५८ मत पाएर निर्वाचित भएका हुन् । उका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो ।

 

त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनले ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन् ।