close

जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेद्वार साहको अग्रता

जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेद्वार साहको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वारले अग्रता लिएका छन् ।

 

नेपाली कांग्रेसबाट राजीनामा दिएर उपमहानगरमा स्वतन्त्र उम्मेद्वारी दिएका मनोज साहले अग्रता लिएका हुन् ।

कुल सात सय ८० मत गणना गर्दा उनले २ सय ५९ मत प्राप्त गरी अग्रता लिएका हुन् । 

उनलाई नेकपा एमालेका उम्मेद्वार शिवशंकर साहले १०५ मतका साथ पछ्याइरहेका छन् ।

 

यस्तै, अर्का स्वतन्त्र उम्मेद्वार बलराम महतोले ६१ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट उम्मेद्वार दिएका नेपाली कांग्रेसका किशोरी साहले अग्रता लिएकी छन् ।