close

गुल्मी चन्द्रकोट–१ मा माओवादीका घनश्याम खरेल वडाध्यक्षमा विजयी

गुल्मी चन्द्रकोट–१ मा माओवादीका घनश्याम खरेल वडाध्यक्षमा विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । गुल्मीको चन्द्रकोट गाउँपालिकामा गठबन्धनतर्फबाट माओवादीका उम्मेद्वार घनश्याम खरेल वडाध्यक्षमा विजयी भएका छन् । एमालेका उम्मेद्वार गोविन्दबहादुर बलाललाई दुई तिहाइभन्दा बढी मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् । 

 

विजयी खरेलले ५५२ मत ल्याएका छन् भने एमाले उम्मेद्वार बलालले जम्मा १८५ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा खरेललाई झिनो मतको अन्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका थिए । 

 

यसपालि खरेलसहित गठबन्धनको पूरै प्यानल अत्यधिक बहुमतका साथ विजयी भएको छ । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका युवराज केसी पनि भारी मतका साथ अग्रता लिइरहेका छन् । 

 

कुल ८०० मत गणना हुँदा ११ मत बदर भएको थियो ।  जसमध्ये केसीले ५८१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले १८१ मत ल्याएका छन् । 

 

उपाध्यक्षमा पनि गठबन्धनकै विष्णुप्रसाद भण्डारीले ४६१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राधिका अर्यालले २०१ मत ल्याएकी छन् । उनी निवर्तमान उपाध्यक्ष पनि हुन् ।