close

धुर्कोट गाउँपालिकाका वडाध्यक्षका प्रत्यासीमाथि आक्रमण, अन्योलमा मतगणना

धुर्कोट गाउँपालिकाका वडाध्यक्षका प्रत्यासीमाथि आक्रमण, अन्योलमा मतगणना

Trulli
ADVERTISEMENT

रुपन्देही । धुर्कोट–४ जैशिथोकका अध्यक्ष पदका उम्मेद्वार गोपाल थापामाथि माओवादी  कार्यकर्ताले आक्रमण गरेका छन् । 

 

गाउँपालिकाको केन्द्र बर्बोटमा मतपेटिका संकलन गरी गफ गरेर बसिरहेको अवस्थामा रक्सीको बोटल, हेल्मेट, ढुंगा र फलामका रडले उनीहरूले आक्रमण गरेका हुन् । 

 

आक्रमणमा परी ४ नम्बरका वडाध्यक्ष पदका प्रत्यासी गोपाल थापाको टाउकोमा गम्भीर चोट लागेको छ । 

 

त्यस्तै निरञ्जन कुँवर, सञ्जयलगायत युवा गम्भीर घाइते भएका छन् । घटनास्थलमा रहेका गणेश भण्डारीले उनीहरूले मदिरा सेवन गरी धम्की दिएको बताए । 

 

दिउँसो मात्र गाउँपालिका अध्यक्षका प्रत्यासी महेन्द्रप्रसाद भण्डारीमाथि नयाँगाउँमा माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए । 

 

घाइतेहरूलाई जिल्ला अस्पताल बाट काठमाडौ रिफर गरिएको छ । मतगणना अन्योलमा परेको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिए । कांग्रेसले माओवादी नेता भूपाल पोख्रेलले घटनाको जिम्मा नलिएसम्म मतगणना गर्न नदिने निर्णय गरेको धुर्काेटबाट रामप्रसाद भण्डारीले बताएका छन् ।