काठमाडौं । नेकपा माओवादीले स्थानीय तहमा डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष पदमा विजयी भई स्थानीय तहमा खाता खोलेको छ ।
माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत ल्याएर प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वारलाई पराजित गरेका हुन् ।
यस्तै,उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रकै अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याएर विजयी भएकी छन् ।