close

स्थानीय तह निर्वाचनबारे के भन्छन् एमाले सांसदले ?

स्थानीय तह निर्वाचनबारे के भन्छन् एमाले सांसदले ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका सांसद्ले स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले एमालेविरुद्ध  राज्यको सत्ता र शक्ति दुरुपयोग गरेको बताएका छन् । 

 

स्थानीय तहको निर्वाचन मतपरिणाम आफू प्रतिकुल आउन थालेपछि सत्ता गठबन्धनविरुद्ध यस्तो आरोप लगाउँदै आएका एमाले नेताहरूले बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका उनीहरूले सत्ता गठबन्धनमाथि यस्तो आरोप लगाएका हुन् ।

 

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘ उनले भने, ‘हामी समग्र देशभरिको तथ्यहरू सङ्कलन गरिरहेका छौँ । हाम्रो समग्र जनमत यावत छ । तर अब पाँच सय, एक हजारको प्रतिस्पर्धामा रहेका ठाउँहरूमा एउटा अर्को पार्टी थपिन बित्तिकै त्यसले परिणाममा त फरक पार्ने भो । हाम्रो जुन औसत जनमत हो, लोकप्रिय मत नेकपा ९एमाले० ले करिब–करिब ४८ सालको निर्वाचन देखि नै त्यो मतमा चाहिँ प्रारम्भिक ट्रेन्डहरू हेर्दा हाम्रो जनमतमा तलमाथि भएको म देख्दिनँ ।’

 

यस्तै, अर्का नेता योगेश भट्टराईले एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाए  ।

 

उनले भने, ‘यसपटकको निर्वाचन हेर्दाखेरि मूलत : नेकपा एमालेविरुद्ध जुन गठबन्धन बनाइयो, एक । दुई, नेकपाएमालेविरुद्ध राज्यसत्तालाई जसरी दुरुपयोग गरियो पुलिस प्रशासन, कर्मचारीतन्त्रदेखि लिएर अन्य विभिन्न निकायलाई । यो परिस्थितिमा नेकपा एमालेले जुन परिणाम ल्याएको छ यो कुनै निराशाजनक परिणाम होइन । आन्तरिक कारण पनि छन् । आन्तरिक हिसाबले विशेष गरेर उम्मेदवार छनोटमा कतिपय ठाउँमा हाम्रो गल्ती भएको देखिन्छ । त्यसलाई सच्याउनुपर्ने हुन्छ । त्यस्तै पार्टीले उम्मेदवारी दिइसकेपछि त्यो उम्मेदवारको पक्षमा जसरी पार्टीपंक्ति एकताबद्ध भएर लाग्नुपर्ने हो कतिपय ठाउँमा त्यो देखिएन । एमालेकै पनि कतिपय ठाउँमा बागी उम्मेदवारहरू देखिए । आफ्नो उम्मेदवारलाई मत नहाल्ने । विरोधी उम्मेदवारहरूसँग  साँठगाँठ गर्ने, यस्ता खालका प्रवृत्ति पार्टीभित्र पनि देखिएका छन् । यसलाई हामीले समीक्षा गर्नुपर्छ ।’

 

तर, सो क्रममा भीम रावलले स्थानीय तहमा नेकपा एमालेको हार हुनुको विभिन्न कारणमध्ये नेकपा एमाले विभाजन एक भएको बताए । 

 

यस्तै, उनले दलको सट्टा स्वतन्त्र उम्मेदवार विजय हुनुले जनतामा दलहरूप्रति वितृष्ण बढ्दै गएको बताए ।