close

६ महानगरमा क–कसले लिँदैछन् अग्रता ?

६ महानगरमा क–कसले लिँदैछन् अग्रता ?

Trulli
ADVERTISEMENT

काठमाडौं । दोस्रो स्थानीय तहको  निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ ।

 

जसमध्ये केही गाउँपालिका, नगरपालिकाको मत आइसकेको छ भने केहीको आउने क्रम जारी छ । तर, देशभर रहेका ६ महानगरमध्ये कुनै पनि महानगरको अन्तिम मतपरिणाम आएको छैन । 

 

 

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले आफ्नो अग्रतालाई कायम राखेका छन् ।

 

उनले नेकपा (एमाले)का उम्मेद्वार केशव स्थापितले प्राप्त गरेको मतभन्दा करिब दोब्बर मतका साथ आफ्नो अग्रता कायम राखेका हुन्  ।

५९ हजार ९७ मत गणना गर्दा बालेनले २३ हजार ५८४ मत पाएर लिड गरिरहेका छन् । 

 

यता नेकपा एमालेका उमेदवार केशव स्थापितले १२ हजार ३८० मतले दोस्रो स्थानमा छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ११ हजार ४९९ मत पाउँदै तेस्रो स्थानमा छिन् ।

 

सुरुवाती चरणदेखि नै स्थापित र सिंहको मतान्तरको रेसियो उस्तै÷उस्तै रहँदै आएको छ । 

 

ललितपुर महानगरपालिका

 

ललितपुर महानगरमा सुरुवाती चरणदेखि अग्रता लिएका चिरिबाबु महर्जनले आफ्नो फराकिलो मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका छन् ।

 

महर्जनले १७२१० मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी तथा नेकपा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले ९६८८ मत प्राप्त गरेका छन् । 

 

पोखरा महानगरपालिका

 

पोखरामा गठबन्धन तथा नेकपा (एकीकृत) समाजवादीका उम्मेद्वार धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी तथा नेकपा एमालेका उम्मेद्वार कृष्णबहादुर थापाले १९३८८ मत प्राप्त गरेका छन् । 

 

भरतपुर महानगरपालिका 

 

स्थानीय तहको चुनाव हुनुपूर्व र चुनावपछि पनि चर्चाको शिखरमा रहेको नगर हो भरतपुर महानगरपालिका । 

 

मुख्यतयाः माओवादी केन्द्रले सत्ता साझेदार दल नेपाली कांग्रेससँग गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने चर्चासँगै सुरु भएको चर्चा र चासो अहिले कसले जित्ला भन्ने कुराका कारण यो अन्य भन्दा यो महानगरको मतपरिणामप्रति बढी चासो छ । 

 

सुरुवाती चरणमा नेकपा एमालेका उम्मेद्वार र दाहालबीच कडा र रोचक प्रतिस्पर्धा देखिए पनि पछिल्लो समय दाहालले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेकी छन् । 

 

पछिल्लो सार्वजनिक मतपरिणामअनुसार कुल ४२ हजार ७५० मतगणना हुँदा सत्ता गठबन्धनका उमेदवार दाहालले आफ्नो अग्रता कायम  राखेकी छन् ।

 

पछिल्लो गणनाअनुसार गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले १६ हजार २३५ मत प्राप्त गरेकी छन् । नेकपा (एमाले)का उमेदवार विजय सुवेदीले १२ हजार ९७७ मत ल्याएका छन् । दाहाल र सुवेदीबीच तीन हजार २५८ मतको अन्तर छ ।

 

यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ६८७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नेता पौडेल पार्टीले टिकट नदिएपछि भुइँकटहर चुनाव चिह्नबाट प्रतिस्पर्धामा छन् ।

 

विराटनगर महानगरपालिका

 

विराटनगर महानगरमा नेपाली गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेद्वार नागेश कोइरालाले आफ्नो अग्रतालाई कायमै राखेका छन् । 

गणना भएको कुल मतमध्ये कोइरालाले  १९ हजार १७३ मत प्राप्त गरी प्रतिद्वन्द्वीभन्दा चार हजार ८३५ मतका साथ अग्रता लिएका हुन् ।

उनका प्रतिद्वन्द्वी तथा नेकपा एमालेका सागर थापाले १४ हजार ३३८, स्वतन्त्र उम्मेद्वार उमेश यादवले ६ हजार १८७ र राप्रपाका प्रल्लाहद प्रसाद साहले तीन हजार ७०८ मत प्राप्त गरेका छन्  ।

 

वीरगञ्ज महानगरपालिका

 

वीरगञ्ज महानगरपालिका मधेस प्रदेशको एक मात्र महानगरपालिका हो । यस महानगरमा  गठबन्धन तथा जनता समाजवादीका उम्मेद्वार र नेकपा एमालेको तर्फबाट मेयर पदमा उम्मेद्वार बनेका विजय सरावगी एकअर्काका प्रतिस्पर्धीका रूपमा देखिएका छन् । 

 

जसपाका नेता तथा जनता समाजवादीका उम्मेद्वारले १७ हजार २ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेद्वार सरावगीले ८हजार ६ सय ५७ मत प्राप्त गरेका छन् ।