close

स्थानीय तह निर्वाचन मतपरिणाम : कुन दलले कति सिट जिते

स्थानीय तह निर्वाचन मतपरिणाम : कुन दलले कति सिट जिते

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ । जसमध्ये केहीको मतपरिणाम आइसकेको छ भने केहीको आउने क्रम जारी छ । 

 

मतपरिणामले स्थानीय तहमा नेपाली कांग्रेस पहिलो नेकपा एमाले दोस्रो र नेकपा माओवादीले तेस्रो र जनता समाजवादी  चाैथाे, एकीकृत समाजवादी पाँचौँ रहने देखाएको छ । 

 

कुन दलको कति स्थानमा छ, उपस्थिति

 

नेपाली कांग्रेसले कुल २४७ स्थानमा प्रमुख पदमा विजय हासिल गरेको छ भने नेकपा (एमाले)ले १६३ स्थानमा विजय हासिल गरेको छ । 

 

त्यस्तै, माओवादी केन्द्रले १०५ स्थानमा विजय हासिल गर्दै स्थानीय तह निर्वाचनमा आफूलाई तेस्रो स्थानमा राख्न सफल भएको छ । 

 

मधेशवादी दल जनता समाजवादी पार्टीले १६ सिट प्राप्त गरी चौथो स्थानमा रहेको छ । 

 

यस्तै, नेकपा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टी पाँचौँ नम्बरमा सीमित भएको छ । नेकपा एमालेभन्दा आफूलाई ठूलो दलको रूपमा दाबी गर्दै एसले १३ पालिकामा विजय हासिल गरेको छ भने १७ स्थानमा आफ्नो अग्रता कायम राखेको छ । 

 

यस्तै, जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीले २ सिटमा विजय हासिल गर्दै छैटौँ स्थानमा रहेको छ । यो दलले २ सिटमा आफ्नो अग्रता कायम राखेको छ ।