close

नागरिकता विधेयक अघि बढाउन गठबन्धनमा छलफल

नागरिकता विधेयक अघि बढाउन गठबन्धनमा छलफल

Trulli
ADVERTISEMENT

काठमाडौं । गठबन्धनले नागरिकता विधेयक अघि बढाउन सक्रियता बढाएको छ ।   

 

बिहीबार खुमलटारमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्द शर्माबीच भएको कुराकानीका क्रममा नागरिकता विधेयक संसद्मा पेस गर्ने विषयमा कुराकानी भएको हो ।

 

छलफलमा समसामयिक विषयमा कुराकानी भएको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ छ । 

 

नागरिकता विधेयक संसद्मा पेस गर्ने सम्बन्धमा यसअघि पटक–पटक विभिन्न दलबीच छलफल हुँदै आएको थियो ।