close

७ नम्बर वडामा पनि बालेनलाई बढी मत, स्थापितसँग मतान्तर बढ्दै

७ नम्बर वडामा पनि बालेनलाई बढी मत, स्थापितसँग मतान्तर बढ्दै

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता बनाइ रहेका छन् ।

 

काठमाडौँमा हालसम्म गणना भएका अधिकांश वडाका अध्यक्षमा नेकपा एमालेले जित र अग्रता हासिल गरिरहेको छ । तर, वडा अध्यक्षमा एमाले र नेपाली काँग्रेसलाई भन्दा बढी मत बालेन साहले नै ल्याइरहेका छन् ।

 

पछिल्लो पटक ७ नम्बर वडाको मत गणना सुरु भएको छ । सो वडामा गनिएका २ हजार ३ सय ४२ मत मध्ये बालेनले १ हजार २९ मत पाएका छन् । यस्तै एमालेका केशव स्थापितले ३ सय ८० तथा काँग्रेसकी सिर्जना सिंहले ३ सय ७८ मत ल्याएकी छन् ।

 

राष्ट्रिय सभागृहबाट खबरपालिका स्रोतले दिएको जानकारी अनुसार फेरि त गणना बारे जानकारी गराउँदा बालेनले आफ्ना प्रतिद्वन्द्वीसँगको मतान्तर निकै बढाउने देखिन्छ ।

 

काठमाडौँका निर्वाचन अधिकृतले पछिल्लो समय दिएको जानकारी अनुसार काठमाडौँ महानगरपालिकामा अहिलेसम्म स्वतन्त्र उम्मेदवार बालेनले २२ हजार ८ सय ४२, स्थापितले ११ हजार ७ सय ६९ तथा सिंहले १० हजार ९ सय ८६ मत पाएकी छन् ।

 

उता भरतपुर र पोखरा लगायत सबै महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।