close

भरतपुर प्रमुखमा र उपप्रमुखमा गठबन्धनका उम्मेद्वारको अग्रता कायमै 

भरतपुर प्रमुखमा र उपप्रमुखमा गठबन्धनका उम्मेद्वारको अग्रता कायमै 

Trulli
ADVERTISEMENT

काठमाडौं । निकै चासो र महत्त्वका साथ हेरिएको भरतपुर महानगरपालिकामा गठबन्धन तथा नेकपा माओवादीकी नेतृ रेणु दाहालले आफ्नो अग्रतालाई कायम राखेकी छन् । 

 

सार्वजनिक पछिल्लो मतगणनाअनुसार दाहालले ३००० मतका साथ आफ्नो अग्रता कायम राखेकी छन् । कुल ४० हजार ७१२ मतगणना गर्दा उनले १५ हजार ४९१ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका उम्मेद्वार विजय सुवेदीले १२ हजार ४११ मत पाएका छन् । 

 

मेयर पदका स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेलले ६ हजार ३८९ मत प्राप्त गरेका छन् ।

 

यस्तै, उपमेयर पदमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९०५  मतका साथ आफ्नो अग्रतालाई कायम राखेका छन् ।

 

उनका प्रतिस्पर्धी राप्रपाकी उम्मेद्वार हिमला गुरुङले नौ हजार ९७८ मतका साथ पछ्याइरहेकी छन् ।