काठमाडौं । टिकापुरको टिकापुरको मेयर पदमा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वारले विजय हासिल गरेका छन् ।
सत्तारुढ पाँच दलका उम्मेद्वार नेपाली कांग्रेसका नवराज रावललाई ३ हजार मतान्तरसहति सो पार्टीका उम्मेद्वार रामलाल डगौरा थारु निर्वाचित भएका हुन् ।
गठबन्धनका उम्मेद्वारले ६ हजार ६४२ मत प्राप्त गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टी जेल जीवन बिताइरहेका रेशम चौधरीको अगुवाइमा गठन गरिएको पार्टी हो ।
यस्तै, सो नगरको उपमेयरमा भने गठबन्धन तथा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजय भएका छन् ।