काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धन तथा नेपाली कांग्रेसबाट विद्रोह गरी स्थानीय तह निर्वाचन–२०७९मा उम्मेद्वारी दिएका जगन्नाथ पौडेलको वडामा मतगणना सुरु भएको छ ।
१ देखि ६ वडामा मतगणनाको कार्य सम्पन्न भइसकेको छ । पछिल्लो नतिजाअनुसार पौडेलले चार हजार ६ सय ९६ मत प्राप्त गरेका छन् ।
यस्तै, गठबन्धन तथा नेकपा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले १० हजार चार सय ४९ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायम राखेकी छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेद्वार विजय सुवेदीले उनलाई ८ हजार पाँच सय ९७ मत प्राप्त गरी पछयाइरहेका छन् । सुवेदीले ८ हजार पाँच सय मत प्राप्त गरेका छन् ।
निर्वाचनअघि चितवनको भरतपुर महानगरपालिका गठबन्धनकी उम्मेद्वार रेणु दाहाल र गठबन्धन तथा नेपाली कांग्रेसबाट विद्रोह गरी उम्मेद्वारका कारण चर्चामा थियो ।