close

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेसका उम्मेदवार विजयी

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेसका उम्मेदवार विजयी

Trulli
ADVERTISEMENT

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको छ । 
 

गठबन्धनकारतर्फबाट कांग्रेसका मेयरका उम्मेदवार तीर्थराज भट्टराई र माओवादी केन्द्रका उपमेयरका उम्मेदवार बिसन राई विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

 

एमालेका मेयरका उम्मेदवार कुमार आचार्यलाई चार हजार ३९३ मतले पछि पार्दै भट्टराई  मेयरमा विजयी बनेका हुन् । भट्टराईले ११ हजार ३८९ मत पाउँदा आचार्यले ६ हजार ९९६ मत पाएको कार्यालयले जनाएको छ । उपमेयर निर्वाचित बिसनले १० हजार ४३८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बिणादेबी राईले ७ हजार ३१९ मत पाएका छन् । बिणादेबी निवर्तमान उपमेयर हुन् । 

 

१५ वडा रहेको नगरपालिकामा एमालेका तीन, कांग्रेसका चार, माओवादी केन्द्रका छ र जसपाका दुई वडाध्यक्ष निर्वाचित भएका छन् ।