close

काठमाडौंमा बालेन शाहलाई ७ हजार ११४ मतको अग्रता

काठमाडौंमा बालेन शाहलाई ७ हजार ११४ मतको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । 
उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ७ हजार ११४ मत बढी मत ल्याउँदै अग्रता बनाएका हुन् । 

 

पछिल्लो मत परिणाम अनुसार ३९ हजार ५०९ मत गन्दा शाहले १५ हजार ४०२ मत पाएका छन् । यस्तै एमालेमका स्थापितले ८ हजार २८८ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ हजार २९० सय मत प्राप्त गर्नु भएको छ  ।

 

यस्तै, उपमेयरमा नेकपा एमालेकी सुनिता डङ्गोलले १२ हजार १५७ मत प्राप्त गर्दै अग्रतालाई फराकिलो बनाएकी छन् ।