close

विराटनगरमा मेयरका उम्मेदवार नागेशको अग्रता कायमै

विराटनगरमा मेयरका उम्मेदवार नागेशको अग्रता कायमै

Trulli
ADVERTISEMENT

विराटनगर । स्थानीय निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले मेयरमा अग्रता कायमै राखेको छ । 

 

बुधबार बिहानसम्म३७ हजार ५३४ मत गणना गर्दा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले ११ हजार ६९९ मत हासिल गरेका छन् । उनले निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सागर थापासँग २ हजार ७४९ मतको फराकिलो अन्तर बनाएका छन् । हाल थापाको ८ हजार ९५० मत रहेको छ।

 

एमालेकी उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीले पनि आफ्नो अग्रतालाई कायम राखेकी छन् । कार्कीले हालसम्म १० हजार २६२ मत पाएकी छन् । उनले गठबन्धनतर्फबाट जसपाका उम्मेदवार अमरेन्द्र यादवसँग ३ हजार ९९३ मतको अन्तर बनाएकी छन् । यादवको ६ हजार २ सय ६९ मत रहेको छ।