close

अर्थमन्त्रीले आज संसद‍्मा जवाफ दिने

अर्थमन्त्रीले आज संसद‍्मा जवाफ दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्ने छ ।

आगामी आर्थिक वर्ष २०७९-०८० को बजेटमाथि उठेका प्रश्नको जवाफ आज अर्थमन्त्री जनार्दन शर्माले दिनेछन् ।

गत जेठ १५ गते प्रस्तुत भएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि जेठ १७ गतेदेखि छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरूले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।

यसैबीच, आज एमाले सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जुरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आज राष्ट्रिय सभाको बैठक पनि बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।