close

काठमाडौं १ मा उम्मेदवारी घोषणा गरेका को हुन् पुकार बम ?

काठमाडौं १ मा उम्मेदवारी घोषणा गरेका को हुन् पुकार बम ?

Trulli
ADVERTISEMENT

कामठाडौं । विवेकशील नेपालीका संस्थापक नेता तथा अभियन्ता पुकार बमले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । 

राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेर हाल सोसल वर्कमा विद्यावारिधी गरिरहेका बम उज्वल थापासँगै तत्कालीन विवेकशील नेपाली दलका एक जना संस्थापक हुन् ।

उनले २०७२ सालको भूकम्पमा राहत वितरणदेखि कोरोनाको बेला ५०० दिनसम्म निःशुल्क खाना खुवाउने, अक्सिजन वितरण अभियानको नेतृत्व लिएका थिए ।

२०६९ माघमा सुरु भएको ‘अकुपाइ बालुवाटार’ अभियान, डा‍. गोविन्द केसीको अभियान, नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार , संविधान कहिले?’ जस्ता दर्जनौँ रचनात्मक प्रतिरोधका राजनीतिक अभियानको बमले नेतृत्व गरेका थिए ।

पछिल्लो समय कोरोना कहरमा सरकारको रवैयाविरुद्ध १२ दिनसम्म आमरण बसेका सत्याग्रही बम भद्र प्रतिरोधको अगुवाका रूपमा युवाहरूमाझ परिचित छन् ।

बमले आफ्नो उम्मेदवारी दाबीसँगै देशभरी सक्षम युवाहरूलाई समेत उम्मेदवारी दिन अपील गरेका छन् । 

अघिल्लो निर्वाचनमा काठमाडाैं १ बाट विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्र उठेका थिए । उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग थोरै मतान्तरले पराजित भएका थिए ।